नौ महिनामा जीवन बीमाको व्यवसाय १.४० खर्ब, कुन कम्पनीको कति ?

अनलाइनसमय |
११ वैशाख २०८३
नौ महिनामा जीवन बीमाको व्यवसाय १.४० खर्ब, कुन कम्पनीको कति ?

काठमाडौं, ११ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब ४० अर्बभन्दा धरै भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चैतसम्ममा १ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ३० प्रतिशतले बढी हो । गत आवको आठ महिनामा १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँ व्यवसाय भएको थियो ।

व्यवसायमा उठेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्कबाट ३१ अर्ब ८७ करोडरुपैयाँ संकलन भएको छ । त्यस्तै नविकरण बीमाशुल्क मार्फत १ खर्ब ८ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ । चैतसम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड १५ लाख ७१ हजार २० रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

जीवन बीमा व्यवसाय गर्ने १४ बीमकहरु रहेका छन् । यी बीमकमध्ये सबैभन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेसनल लाइफ रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

कुन कम्पनीको कति भयो व्यवसाय ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस