काठमाडौं, १० वैशाख । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर दुई हजार ७८७ दशमलव १५ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ४६ धितोपत्रको शेयर मूल्य बढ्दा २१६ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४८ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये १० को घटेको छ भने ३ उपसूचक मात्र बढेको छ
आज व्यापार शून्य दशमलव ४३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६ र म्युचुअल फण्डको शून्य दशमलव १३ र लगानी समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन १ दशमलव ४२, निर्जीवन बीमा १ दशमलव १९, फाइनान्स १ दशमलव ०६, हाइड्रोपावर १ दशमलव ०५, अन्य शून्य दशमलव ८६, विकास बैंक शून्य दशमलव ७७, माइक्रोफाइनान्स शून्य दशमलव ५३, लगानी शून्य दशमलव ५३, जीवन बीमा शून्य दशमलव ४३, विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट रहेका छन् । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव २४, मुक्तिनाथ म्युचुअल फण्ड ५ दशमलव २४ र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
यसदिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ११ दशमलव ७९, खुदी हाइड्रोपावर ७ दशमलव १७, गणपति लघुवित्त ६ दशमलव ३८ र रिज लाइन इनर्जीको शेयर मूल्य ५ दशमलव ७७ प्रतिशतले ह्रास आएको छ ।