काठमाडौं, १० वैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा आज प्रतितोला ११० रुपैयाँ घटेर चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।