२.९५ अंकले घट्यो नेप्से, करिब ८ अर्बको कारोबार

अनलाइनसमय |
९ वैशाख २०८३
२.९५ अंकले घट्यो नेप्से, करिब ८ अर्बको कारोबार

काठमाडौं, ९ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार फाइनान्स शून्य दशमलव ५८, निर्जीवन बीमा शून्य दशमलव ३८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, बैंकिङ शून्य दशमलव १३ र लगानी समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

यस्तै होटेल तथा पर्यटन २ दशमलव ३६, व्यापार १ दशमलव १, विकास बैंक शून्य दशमलव जीवन बीमा शून्य दशमलव २५, माइक्रोफाइनान्स शून्य दशमलव १५, हाइड्रोपावर शून्य दशमलव ०६, म्युचुअल फण्ड शून्य दशमलव ४ र अन्य समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट र इन्ड्रस्ट्रीज शिखर पावर डेभलपमेन्ट रहेका छन् । यस्तै झापा इनर्जी १४ दशमलव ०५, गणमति लघुवित्तको शेयर मूल्य ९ दशमलव १६ प्रतिशतले बढेको छ ।

यसदिन होटल फरेष्ट इन १० दशमलव ७, एशियन हाइड्रोपावर ८ दशमलव ३८, कर्पोरेट डेभलपमेन्ट बैंक ७ दशमलव ८४, सुपर खुदी हाइड्रोपावर ७ दशमलव ७८ र मुक्तिनाथ म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव ४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस