३३.८३ अंकले घट्यो नेप्से, ९ अर्बको कारोबार

अनलाइनसमय |
३ वैशाख २०८३
३३.८३ अंकले घट्यो नेप्से, ९ अर्बको कारोबार

काठमाडौं, ३ वैशाख । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर दुई हजार ८३३ दशमलव ०३ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स समूह सर्वाधिक १ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन १ दशमलव ५४, हाइड्रोपावर १ दशमलव ५१, निर्जीवन बीमा १ दशमलव २८, लगानी १ दशमलव २७, विकास बैंक १ दशमलव १६, अन्य १ दशमलव ९, व्यापार १ दशमलव ०१, माइक्रोफाइनान्स शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव १४, जीवन बीमा शून्य दशमलव ९, बैंकिङ शून्य दशमलव ०८ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीज शिखर पावर डेभलपमेन्ट रहेका छन् ।

यसदिन सिन्धु विकास बैंक ९ दशमलव ४७, भुगोल इनर्जी डेभलवमेन्ट ७ दशमलव ७९, भुजुङ्ग हाइड्रोपावर ७ दशमलव ३९, क्रेष्ट माइक्रो इन्सुरेन्स ४ दशमलव ६५ र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस