तोलाको ३ लाख नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२ वैशाख २०८३
तोलाको ३ लाख नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस