casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेनजी प्रदर्शनबाट करिब दुई अर्ब बीमा भुक्तानी, तीन कम्पनीले अझै सुरु गरेनन्

अनलाइनसमय |
३० असोज २०८२
जेनजी प्रदर्शनबाट करिब दुई अर्ब बीमा भुक्तानी, तीन कम्पनीले अझै सुरु गरेनन्

काठमाडौं, ३० असोज । गत भदौ २३ र २४ गतेका ‘जेनजी प्रदर्शन’का क्रममा भएका तोडफोड, आगजनी तथा क्षतिको बीमा दाबीमध्ये करिब दुई अर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार विभिन्न बीमा कम्पनीहरूले अग्रिम भुक्तानी सहित एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बीमितलाई वितरण गरिसकेका छन् ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा अन्तर्गत सर्वाधिक भुक्तानी भएको छ । यसमा एक अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी गरिएको छ । मोटर बीमामा ३६ करोड २५ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा तीन करोड ८१ लाख रुपैयाँ र अन्य बीमामा २२ लाख रुपैयाँ भुक्तानी गरिएको छ । तर परिवहन बीमामा परेको दाबीको भुक्तानी अहिलेसम्म भएको देखिँदैन ।

बागमतीमा सबैभन्दा बढी भुक्तानी
प्रदेशगत हिसाबले बागमती प्रदेशमा सबैभन्दा बढी बीमा भुक्तानी भएको छ । बागमतीमा एक अर्ब ४५ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यस्तै कोशी प्रदेशमा २६ करोड ५४ लाख, गण्डकीमा १० करोड ६५ लाख, लुम्बिनीमा पाँच करोड ९६ लाख, मधेश प्रदेशमा चार करोड ४२ लाख, सुदूरपश्चिममा एक करोड ८६ लाख र कर्णालीमा ६ लाख ९६ हजार रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

तीन कम्पनीले अझै सुरु गरेनन् भुक्तानी
तथ्यांक अनुसार हालसम्म सबै बीमा कम्पनीहरूले भुक्तानी प्रक्रिया सुरु गरेका छैनन् । राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले प्रदर्शन भएको एक महिना बित्दा पनि दाबी भुक्तानी सुरु नगरेको पाइएको छ ।

राष्ट्रिय बीमा कम्पनीमा २४६ वटा दाबीबाट ५८ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेशनल इन्स्योरेन्समा २४ वटा दाबीबाट आठ करोड ५७ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्समा नौ वटा दाबीबाट ७२ लाख ३८ हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

सिद्धार्थ प्रिमियरमा सबैभन्दा धेरै दाबी रकम
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी रकम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । यस कम्पनीमा ३९४ वटा दाबीमार्फत पाँच अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी आएको हो ।

त्यसपछि दि ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ८२ लाख, आइजिआई प्रुडेन्सियलमा दुई अर्ब ७९ करोड ४८ लाख, शिखर इन्स्योरेन्समा दुई अर्ब ४१ करोड ११ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ५९ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी परेको तथ्यांक छ ।

२३ अर्ब बढी क्षतिको दाबी
जेनजी प्रदर्शनका कारण देशभरका १८ निर्जीवन बीमा कम्पनीहरूमा ३ हजार १६३ वटा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ । यी सबै दाबीहरूको रकम करिब २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

सम्पत्ति बीमामा ६७३ वटा दाबीमार्फत १९ अर्ब ७१ लाख रुपैयाँ, मोटर बीमामा २ हजार २५६ वटा दाबीमार्फत तीन अर्ब ४४ करोड ९५ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा १८२ वटा दाबीबाट ३३ करोड १८ लाख रुपैयाँ, अन्य बीमामा ४० वटा दाबीमा ३८ करोड ८६ लाख र परिवहन बीमामा १२ वटा दाबीबाट १ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun