casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पाँच भन्सार नाकाबाट निर्यात शून्य, आयात अर्बौंको

अनलाइनसमय |
१२ असार २०८२
पाँच भन्सार नाकाबाट निर्यात शून्य, आयात अर्बौंको

कुल नारायाण श्रेष्ठ

काठमाडौं, १२ असार । पछिल्लो समय सरकारको राजस्वको प्रमुख स्रोत वैदेशिक व्यापार रहेको छ । त्यसमा पनि आयातमा आधारित राजस्वको हिस्सा बढी छ । भएको निर्यात पनि केही सीमित भन्सारमा केन्द्रित छ । हाल देशभर २९ ओटा भन्सार कार्यालय सञ्चालनमा छन् । तीमध्ये अधिकांश भन्सारको निर्यात नाजुक छ भने पाँचओटाबाट आयात भइरहे पनि वर्षौंदेखि निर्यात नै हुन सकेको छैन । ती भन्सारमा पाँचदेखि ८ वर्षसम्म निर्यात शून्य रहेको पाइएको छ ।

आठ वर्षदेखि जनकपुर भन्सारबाट छैन निर्यात
मधेस प्रदेशमा रहेको जनकपुर भन्सार कार्यालयको स्थापना २०५० सालमा भएको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार यो भन्सार नाकाबाट विगत आठ वर्षदेखि निकासी शून्य छ । यद्यपि आयात भने अर्बौंको हुने गरेको छ । रकमका हिसाबले आव २०७८/७९ देखि यता आयात बढ्दै गएको देखिन्छ । चालू आवको ११ महिनामा मात्रै १ अर्ब ५१ करोड ७२ लाख रुपैयाँको वस्तु भित्रिएको छ ।

८ आर्थिक वर्षको ११ महिनामा भएको आयात तथ्याङ्क

स्थापनादेखि हालसम्म हुन सकेन महेशपुरबाट निर्यात
लुम्बिनी प्रदेशमा अवस्थित यो भन्सार कार्यालय आर्थिक वर्ष (आव) २०७५/७६ देखि संचालनमा आएको हो । यद्यपि स्थापना भएको सात वर्षसम्म पनि यस नाकाबाट कुनै पनि वस्तु निर्यात भएको छैन । जबकि आयात भने बर्सेनि करोडौंको भइरहेको तथ्याङ्क छ ।

भन्सार विभागका अनुसार चालू आवको ११ महिनामा मात्रै यो भन्सारबाट ५२ करोड ६७ लाख रुपैयाँको सामान भित्रिएको छ । संचालनमा आएको पहिलो वर्ष अर्थात् २०७५/७६ को ११ महिनामै यो भन्सारबाट ४६ करोड ३६ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

सात आर्थिक वर्षको ११ महिनामा भएको आयात

पाँच वर्षदेखि सुनसरी भन्सारबाट निर्यात शून्य
सुनसरी भन्सार कार्यालय कोशी प्रदेशस्थित सुनसरी जिल्लामा रहेको छ । यो भन्सार कार्यालयबाट विगत पाँच वर्षदेखि कुनै पनि सामान विदेश पठाइएको छैन । आव २०७६/७७ को ११ महिनामा यस कार्यालयबाट २ लाख ५० हजार रुपैयाँ बराबरको सामान निकासी भए पनि त्यसयता ठप्प छ । सो आवको जेठ मसान्तसम्ममा सुनसरी भन्सारले ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँको आयात गरेको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार चालू आवको ११ महिनामा ४ अर्ब ५८ करोड ४३ लाख रुपैयाँको आयात भएको छ ।

पाँच आर्थिक वर्षको ११ महिनामा भएको आयात तथ्याङ्क

राजविराज भन्सार कार्यालय
सप्तरी जिल्लास्थित राजविराज भन्सार कार्यालयबाट कुनै समय आयात/निर्यात दुबै हुन्थ्यो । तर विगत पाँच वर्षदेखि निर्यात हुन भएको छैन । २०७६/७७ को ११ महिनामा यस कार्यालयले ९२ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात गर्दा आयात १८ करोड ६६ लाख १४ हजार रुपैयाँको गरेको तथ्याङ्क छ । त्यसयता आयात निरन्तर भए पनि निर्यात भएको देखिँदैन । भन्सार विभागका अनुसार चालू आवको ११ महिनामा १९ करोड ६० लाख रुपैयाँको वस्तु भित्रिएको छ ।

पाँच आर्थिक वर्षको ११ महिनामा भएको आयात

ठाँडी भन्सार कार्यालय
मधेस प्रदेसमै रहेको ठाडी भन्सार कार्यालयबाट आव २०७६/७७ सम्म पैठरी तथा निकासी दुबै हुने गरेको थियो । सो आवको ११ महिनामा यस भन्सारबाट ५९ करोड ५३ लाख रुपैयाँको आयात हुँदा ५१ लाख ७ हजार मूल्य बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यसयता भने निर्यात हुन सकेको छैन । यद्यपि आव २०७८/७९ यता आयात पनि घट्दै गएको देखिन्छ । चालू आवको जेठसम्ममा यो भन्सारबाट २ करोड ४१ हजार रुपैयाँ बराबरको वस्तु भित्रिएको छ ।

पाँच आर्थिक वर्षको ११ महिनामा भएको आयात

पूर्वाधारको कमी र निकासी योग्य उत्पादन कम हुँदा लामो समयदेखि निर्यात ठप्प भएको जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मान बहादुर पौडलको भनाइ छ । ‘टाढाबाट सामान आउँदैन, यहाँको स्थानीय उत्पादन निकासी जन्य त्यति छैन, भएका अलिअलि पनि जलेश्वरलगायत छोटी भन्सारबाट जान्छ,’ उनले भने । पहिले जनकपुर चुरोट कारखाना संचालन हुँदा निकासी हुने गरे पनि अहिले सो कारखाना बन्द छ ।

अधिकृत पौडलका अनुसार भाडामा सानो एउटा घरमा दुई जना कर्मचारीको भरमा कार्यालय संचालन भइरहेको छ । ‘जनशक्ति पनि कम छ, भन्सार सर्भर राम्रो चल्दैन, यसले काममा पटकपटक बाधा हुन्छ,’ उनले भने, ‘यो नाम मात्रैको भन्सार भएको छ, पुराना संरचनालाई फेर्न र भौतिक पूर्वधार निर्माण गर्न सकिए औचित्य हुने थियो ।’

राजविराज भन्सारका प्रमुख भन्सार अधिकृत सत्य नारायण सिंहका अनुसार राजविराजमा सामान चेकजाँच गर्ने ‘क्वारेनटीन’ तथा आवश्यक पूर्वाधार नहुँदा सामान पठाउन कोही आउँदैनन् । ‘मूख्य कारण पूर्वधार नै हो, किनभने सप्तरी, सिरहामा आँप धेरै उत्पादन हुन्छ, जुन भारतको भन्दा यहाँ सस्तो छ,’ उनले भने, ‘हाम्रोमा फुट क्वारेनटीन, विषादी परिक्षण गर्ने ल्याबहरूको अभावले निर्यात हुन सकेको छैन ।’

क्वारेनटीन स्थापनाको लागि अन्य भन्सार कार्यालयसँग पहल गरिरहेको अधिकृत सिंहको भनाइ छ । नजिकै विराटनगर भन्सार रहेको र सबै मानिस त्यहाँ जाने हुँदा यो भन्सार नाकाबाट निर्यात हुन नसको उनले बताए ।

यो अवस्था कायमै रहिरह्यो भने देशको व्यापार घाटा अझै फराकिलो हुने निश्चित छ । निर्यातविहीन नीति, भन्सार पूर्वाधारको अभाव र स्थानीय उत्पादन घट्दै जाँदा नेपाल आयातमुखी बन्दै गएको छ । व्यापार घाटा बढ्दै गएको छ ।

भन्सार विभागका अनुसार चालू आवको ११ महिनामा मात्रै नेपाललाई १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ६ दशमलव ३० प्रतिशत बढि हो । २०८१ को जेठसम्ममा यस्तो घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ भएको थियो ।

गत जेठ मसान्तसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात गर्दा नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको मात्रै निर्यात गरेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun