काठमाडौं, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समितिको गठन भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् । समितिमा पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् । त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री […]
काठमाडौं, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललका नुसार आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले […]
अस्मिता सापकोटा काठमाडौं, २ मंसिर । अहिलेको डिजिटल युगमा बालबालिकाहरू इन्टरनेटको सहज पहुँचमा छन् । शिक्षा, मनोरञ्जन तथा सामाजिक सम्पर्कका लागि यो महत्वपूर्ण पनि छ । यति हुँदाहुँदै पनि इन्टरनेटको अव्यवस्थित प्रयोगले बालबालिकाको डिजिटल सुरक्षा जोखिममा छ । त्यसैले अनलाइन सुरक्षाको सवालमा उनीहरूलाई सचेत बनाउन आवश्यक छ । यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ः […]
अस्मिता सापकोटा काठमाडौं, २९ कार्तिक । कलेजो शरीरको सबैभन्दा ठूलो भित्री अङ्ग हो । यसले रगत जमाउने प्रक्रिया नियन्त्रण गर्ने, रगतबाट विषालु पदार्थ हटाउने, पित्त उत्पादनमा सहयोग गर्ने लगायत कार्य गर्छ । कहिलेकाहीँ शरीरमा लाग्ने विभिन्न रोग तथा अस्वस्थ जीवनशैलीका कारण कलेजोमा क्षति पुग्न सक्छ, जसले यसको कार्य क्षमतामा कमी ल्याउँछ । कलेजो रोग एक […]
अस्मिता सापकोटा काठमाडौं, २८ कार्तिक । हालै गरिएको एक अध्ययनले केही मानिसमा हुने अतिरिक्त वाई क्रोमोजोमले अटिजमको जोखिम दोब्बर गर्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरूले वाई क्रोमोजोमको गहन अध्ययनले अटिजमको जोखिम कारक पहिचान गर्न मद्दत पुग्ने बताएका छन् । मानिसमा जैविक लिङ्ग निर्धारण गर्ने क्रोमोजोमहरू हुन्छन् । पुरुषमा सामान्यतया एक्स वाई र महिलामा एक्सएक्स […]
अस्मिता सापकोटा काठमाडौं, २७ कार्तिक । सामान्यतया एक व्यक्तिको जागिरे जीवन करिब ४० वर्षको हुन्छ । तर धेरैका लागि यो अवधि पर्याप्त हुँदैन । कोहीले आर्थिक कारणले लामो समयसम्म काम गर्न चाहन्छन् भने, कतिपयले आफूलाई सक्रिय र व्यस्त राख्न दीर्घकालीन रोजगारी खोजिरहेका हुन्छन् । कारण जुनसुकै होस् धेरै मानिसहरूले दीर्घकालीन रोजगारीको विकल्पलाई प्राथमिकतामा राख्दै आएका […]
अस्मिता सापकोटा काठमाडौं, २३ कार्तिक । जाडो महिना शुरू भइसकेको छ । जाडो बढेसँगै धेरै बालबालिकामा रुघाखोकी, फ्लु लगायत अन्य मौसमी रोगको संक्रमण पनि बढ्छ । यसबेला उनीहरूमा रोगको संक्रमण छिट्टै फैलने भएकाले प्रतिरक्षा प्रणाली बलियो बनाउनु आवश्यक हुन्छ । सानै उमेरमा बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकास भएको हुँदैन । यसले गर्दा उनीहरू रोगजनक […]
अस्मिता सापकोटा काठमाडौं, २१ कार्तिक । तपाईं जागिर गुम्छ कि वा आफ्नो करियरमा कहिल्यै अगाडि बढ्दिनँ कि भन्ने सोचिरहनु हुन्छ ? यस्तो हो भने तपाईं आफ्नो करियरलाई लिएर धेरै दबाब र चिन्ताको अनुभव गरिरहनुभएको हुनसक्छ । करियरबारे धेरै चिन्ता लिँदा करियर एन्जाइटी हुन सक्छ । लगातार तनाव हुनु, कम काम गरेको समयमा पनि धेरै थकान […]
काठमाडौं, १२ कार्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् । पीसीएल नर्सिङ तर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र […]
अस्मिता सापकोटा काठमाडौं, ७ कार्तिक । मानव शरीरलाई स्वस्थ र स्फुर्त राख्न विभिन्न पोषक तत्व तथा खनिजको आवश्यकता हुन्छ । हामीले दैनिक खाने खानामा त्यस्ता पोषकतत्व तथा खनिजहरू समावेश हुन्छन् । तर कहिलेकाहीँ खानाबाट मात्र प्राप्त तत्व हाम्रो शरीरलाई पर्याप्त हुँदैन । यस्तोमा सप्लिमेन्टको सेवन आवश्यक हुन्छ । त्यस्तै क्याल्सियम मानव शरीरको विकासका लागि चाहिने […]