casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

‘व्यायामले अकाल मृत्युको जोखिम ४० प्रतिशत घटाउँछ’

अनलाइनसमय |
७ भदौ २०८२
‘व्यायामले अकाल मृत्युको जोखिम ४० प्रतिशत घटाउँछ’

काठमाडौं, ७ साउन । अहिलेको व्यस्त जीवनशैलीमा हामी बिहानदेखि साँझसम्म काम, पढाइ वा घरका जिम्मेवारीमा व्यस्त हुन्छौं । व्यस्तताकै बीच हामीले आफ्नै स्वास्थ्यको ख्याल गर्न सकेका हुँदैनौं । स्वाथ्यको आधारभूत स्तम्भ हो व्यायाम । व्यस्त जीवनशैलीले हामी धेरैलाई व्यायाम गर्न समय नै पुग्दैन । यसलाई प्रायः म भोलि सुरु गर्छु वा जब मसँग धेरै समय हुन्छ त्यही बेला गर्नेछु भन्ने गर्छाैं । तर व्यायाम नगर्ने मानिसको मृत्यु नै नजिक हुने अध्ययनले देखाएको छ ।

नियमित रूपमा मुटु र श्वास फेर्ने दर बढाउने व्यायाम गर्ने बानीले समयअगावै हुने मृत्युको जोखिम झण्डै ४० प्रतिशतसम्म घटाउने नयाँ अध्ययनले देखाएको छ । विश्वभरका करिब ७० लाख मानिसलाई समेटेर गरिएको ८५ वटा अध्ययनको मेटा विश्लेषणले यस्तो तथ्य बाहिर ल्याएको हो ।

अध्ययनका सह–लेखक तथा अष्ट्रेलियाको ब्रिसबेनस्थित क्वीन्सल्याण्ड विश्वविद्यालयको सार्वजनिक स्वास्थ्य विद्यालयका वरिष्ठ व्याख्याता ग्रेगोर मिल्केले इमेलमार्फत भनेका छन्, ‘दीर्घकालीन स्वास्थ्यका लागि शारीरिक क्रियाकलाप पहिले हामीले सोचेभन्दा अझ महत्वपूर्ण हुन्छ ।’
ठूलो–सानो उमेरले खासै फरक नपर्ने र ढिलो उमेरमा व्यायाम सुरु गर्नेहरूले पनि आयु बढाउन सक्ने तथ्य भेटिएको छ ।

ब्रिसबेन विश्वविद्यालयकी सार्वजनिक स्वास्थ्य विद्यावारिधिकी विद्यार्थी रुई यूले भनेकी छन्, ‘वृद्ध उमेरमा व्यायाम गर्न थालेका मानिसले पनि आफ्नो आयु बढाउन सक्छन् । वास्तवमा शारीरिक क्रियाकलाप बढाउनुको सकारात्मक प्रभाव प्रायः वृद्ध मानिसहरूमा अझ प्रबल देखिएको छ । उनीहरूले प्रायः धेरै स्वास्थ्य समस्या भोगिरहेको हुँदा जोखिम अझै १० देखि १५ प्रतिशतसम्म घट्ने गरेको पाइएको छ ।’

‘यसले देखाउँछ कि शारीरिक गतिविधि सुरु गर्न कहिल्यै ढिलो हुँदैन । वयस्क जीवनको जुनसुकै उमेरबाट सुरु गरे पनि दीर्घ र स्वस्थ जीवन पाउन सकिन्छ,’ मिल्केले भने ।

यो कुरा आश्चर्यजनक नभई व्यायाम आफैंमा जादु जस्तै रहेको डेनभरस्थित नेशनल ज्युइश हेल्थका हृदय स्वास्थ्य विशेषज्ञ डा. एन्ड्र्यु फ्रिम्यानले बताए । फ्रिम्यान भने यो अध्ययनमा संलग्न थिएनन् । ‘व्यायामले यस्तो फाइदा दिन्छ, जुन कुनै औषधिले दिन सक्दैन । यो साँच्चै अद्भूत छ,’ फ्रिम्यानले भने, ‘म आफ्ना बिरामीलाई भन्छु, व्यायाम नै युवावस्थाको अमृत हो ।’

धेरै व्यायामले अभैm फाइदा दिन्छ
जुलाई ११ मा ब्रिटिश जर्नल अफ स्पोटर््स मेडिसिनमा प्रकाशित अध्ययन अनुसार यो ‘व्यायाम सम्बन्धी अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययन हो । मिल्केले भने, ‘यो अध्ययन अरूभन्दा फरक के छ भने यसले समयक्रमसँगै विभिन्न बिन्दुमा गरिएका धेरै अनुसन्धानको समीक्षा गरेको छ । यसले हामीलाई लामो समयसम्मको व्याामको ढाँचा, जस्तै– निरन्तर सक्रिय रहनु, पछि सक्रिय हुनु वा व्यायाम रोक्नु र यी यसले मृत्युको जोखिममा कस्तो असर पार्छ भन्ने अध्ययन गर्न मद्दत गर्‍यो ।’

देशअनुसार व्यायामका नियम फरक पर्न सक्छन् । मेटा विश्लेषणले विश्व स्वास्थ्य संगठनले गरेको सिफारिस अनुसार हप्तामा कम्तीमा १५० देखि ३०० मिनेट मध्यम तीव्रताको व्यायाम तथा ७५ देखि १५० मिनेट उच्च तीव्रताको व्यायाम गर्नुपर्ने भनिएको छ । मेयो क्लिनिकका अनुसार जोगिङ वा रेस वाकिङ जस्ता उच्च तीव्रताको व्यायामले मुटुको गति धेरै बढाउँछ र केही मिनेटमै पसिना आउन थाल्छ ।

 

नियमित व्यायाम हृदय रोगका लागि सबैभन्दा लाभदायी रहेको छ, जुन विश्वको मूख्य मृत्युको कारण हो । थोरै वा व्यायाम नगर्ने मानिसको तुलनामा बढी व्यायाम गर्ने मानिसले हृदय–सम्बन्धी रोगबाट मृत्युको जोखिम करिब ४० प्रतिशत र क्यान्सरको जोखिम २५ प्रतिशतले घटेको पाइएको अध्ययनले देखाएको छ ।

‘सबैभन्दा धेरै आयु बढ्ने भनेको हप्तामा कम्तीमा ३०० मिनेट मध्यम व्यायाम गर्ने मानिसहरूमा देखियो,’ यूले भनिन्, ‘यसभन्दा बढी व्यायामले आयु बढाउने अतिरिक्त फाइदा खासै दिएको देखिएन ।’

तर, पहिले व्यायाम नगरेका मानिसले पनि निरन्तर व्यायाम सुरु गर्दा भेरै फाइदा लिए । उनीहरूमा अकाल मृत्युको जोखिम २२ प्रतिशतले घटेको अध्ययनले देखाएको छ । अवकाशमा बढी व्यायाम गर्ने मानिसले २७ प्रतिशत मृत्युको जोखिम घटाएको देखिएको छ । अध्ययनका अनुसार व्यायाम रोक्ने मानिसले आयु बढाउने लाभ गुमाएका छन, सधैं उनीहरूको अकाल मृत्युको जोखिम व्यायाम नगर्ने मानिससँग जस्तै हुन्छ ।

‘यो नतिजा रोचक छ किनभने यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ, के पहिले गरेको व्यायामको फाइदा तब पनि रहन्छ जब मानिसहरूले व्यायाम रोक्छन् ?,’ यूले भनिन्, ‘यसबारे अझ धेरै अनुसन्धान आवश्यक छ ।’

बीचमै रोक्नुभन्दा निरन्तरता दिनु राम्रो
व्याख्याता मिल्केले अधिकारिक व्यायाम मापदण्ड पूरा गर्नु राम्रो भए पनि स्वास्थ्य सुधारको एक मात्र उपाय भने नरहेको बताए । ‘सिफारिस अनुसार व्यायाम नगरेका मानिसहरूले पनि केही हदसम्म व्यायाम गर्दा सधैं व्यायाम नगर्ने मानिसको तुलनामा अकाल मृत्युको जोखिम कम भएको पाइयो,’ उनले भने, ‘हामी मानिसलाई जसरी सहज लाग्छ त्यसरी हिँडडुल गर्न प्रोत्साहित गर्छौं । सबैभन्दा महत्वपूर्ण कुरा शरीरलाई चलिराख्नु र व्यायाम रमाइलो बनाउनु हो ।’

नयाँ व्यायाम गर्नेहरूले बिस्तारै सुरु गर्नु राम्रो हुन्छ । सुरु गर्नु अघि डाक्टरसँग सल्लाह लिनु जरूरी छ तर कम्तीमा दैनिक ३० मिनेट छिटो हिँड्न अभ्यास गर्ने लक्ष्य राख्नुपर्छ । ’जब म मानिसहरूलाई हिँड्न, साइकल चलाउन, पौडी खेल्न वा जोगिङ गर्न भन्छु, यसका साथै तौल बढाउने अभ्यास पनि गर्न सुझाव दिन्छु,’ फ्रिम्यानले भने । आफूसंगै केही तौल बोकेर हिँड्न, तौल भएको ब्याकप्याक लगाउन, उकालोमा साइकल चलाउन र पौडी खेल्दा हातमा फिन लगाएर पानीमा प्रतिरोध बढोन उनी सुझाव दिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun