casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

डाइट र चिनी भएका पेयले कलेजो रोगको जोखिम ६०% ले बढाउँछ

अनलाइनसमय |
२५ असोज २०८२
डाइट र चिनी भएका पेयले कलेजो रोगको जोखिम ६०% ले बढाउँछ

काठमाडौं, २५ असोज । तपाईं कोका–कोला (कोक जीरो), पेप्सी (डाइट पेप्सी), फान्टा (फान्टा जीरो), स्फ्राइट जीरो लगायत पेय पिउनुहुन्छ ? यदि हो भने तपाईंको कलेजोको स्वास्थ्य जोखिममा पर्न सक्ने नयाँ अध्ययनले देखाएको छ ।

दैनिक एक क्यान डाइट सोडा (चिनी नभएको सोडा) पिउँदा पनि मदिरा नपिउने व्यक्तिमा ‘नन–अल्कोहलिक फ्याटी लिभर डिजिज’ (एनएएफएलडी) हुने जोखिम ६० प्रतिशतले बढ्ने नयाँ अध्ययनले देखाएको छ । त्यस्तै, चिनी भएको पेय पिउँदा सो जोखिम ५० प्रतिशतले बढ्ने निष्कर्ष समेत निकालिएको छ ।

एनएएफएलडी भनेको मदिरा नपिउने वा अत्यन्त कम पिउने व्यक्तिको कलेजोमा बोसो जम्मा हुने अवस्था हो । यसले कलेजोमा गम्भीर क्षति पुर्‍याउन सक्छ, जसको प्रभाव मदिरा बढी पिउने व्यक्तिको कलेजोमा देखिने क्षतिसरह नै हुन्छ । यस्तो बोसो जम्मा हुँदा कलेजो सुन्निने, बिग्रिने र पछि गम्भीर रोग ‘सिरोसिस’ (कलेजोमा दाग पर्ने) वा कलेजो क्यान्सर पनि हुन सक्छ ।

यो रोगलाई ‘मेटाबोलिक डिसफङ्सन–एसोसिएटेड स्टियाटोटिक लिभर डिजिज (एमएएसएलडी)’ पनि भनिन्छ । यो अहिले कलेजो क्यान्सरका प्रमुख कारणहरूमध्ये एक बनेको छ । अमेरिकामा पछिल्ला ३० वर्षमा एनएएफएलडीका बिरामी ५० प्रतिशतले बढेका छन् । अहिले करिब ३८ प्रतिशत अमेरिकी जनसंख्यामा यो समस्या देखिएको अनुमान छ ।

चिनको सुजौस्थित फस्र्ट अफिलियटेड हस्पिटल अफ सूझो विश्वविद्यालयका ग्यास्ट्रोइन्टेरोलोजी विभागका स्नातक विद्यार्थी तथा प्रमुख अध्ययनकर्ता लिहे लिउका अनुसार चिनीयुक्त पेयपदार्थ पहिल्यदेखि नै स्वास्थ्य जोखिमका कारण विवादमा परिरहेका थिए, जबकि तिनका ‘डाइट’ विकल्पहरूलाई प्रायः स्वस्थ मानिन्छ । ‘हाम्रो अध्ययनले दिनमा एक क्यानजति कम मात्रामा डाइट पेयपदार्थ सेवन गरे पनि ‘मेटाबोलिक डिसफङ्सन–एसोसिएटेड स्टियाटोटिक लिभर डिजिज’ हुने जोखिम उच्च देखाएको छ’, लिउले भनिन् ।

डाइट पेय पदार्थ सेवन गर्ने व्यक्तिमा कलेजो रोगबाट मृत्यु हुने जोखिम पनि बढी हुने नयाँ अध्ययनले देखाएको छ । उक्त अनुसन्धानको प्रारम्भिक नतिजा (एब्स्ट्र्याक्ट) अक्टोबर १३ (सोमबार) बर्लिनमा भएको ‘युनाइटेड युरोपियन ग्यास्ट्रोएन्टेरोलोजी वीक’ नामक वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको थियो, यो सम्मेलन युरोपेली पाचन तन्त्र सम्बन्धी विशेषज्ञहरूको ठूलो भेला हो ।

अध्ययनका प्रमुख लिउले भनिन्, ‘यी नतिजाले डाइट पेयलाई हानिरहित ठान्ने सामान्य बुझाइलाई चुनौती दिएको छ । अब खानपानमा यस्ता पेय पदार्थको भूमिका पुनर्विचार गर्न जरुरी छ, किनभने एमएएसएलडी अहिले विश्वकै ठूलो स्वास्थ्य समस्या बन्दै गएको छ ।’

डाइट र चिनी भएका पेयले कलेजोमा कस्तो असर गर्छ ?

यो अध्ययन युके बायोबैंकमा सहभागी १ लाख २४ हजार जनामा १० वर्षसम्म गरिएको थियो, जसमा सुरुमा कसैलाई पनि कलेजो रोग थिएन । अध्ययन र सहभागीहरूले २४ घण्टाको खानेकुराको प्रश्नावली भरेर कति प्रकार र कति पटक पेय पदार्थ पिउँछन् भन्ने जानकारी दिइरहेका थिए । सो अध्ययनले डाइट पेय र चिनी भएका सोडा दुवैले कलेजोमा बोसो जम्मा हुने र नन–अल्कोहलिक फ्याटी लिभर डिजिज हुने जोखिम बढाउने निष्कर्ष निकालेको थियो ।

चिनी र डाइट पेयको सट्टा पानी पिउँदा जोखिम घट्छ

यदि मानिसहरूले चिनी भएको पेय वा डाइट पेयको सट्टा पानी पाउँदा भने कलेजो रोगको जोखिम घट्ने अध्ययनले देखाएको छ । चिनी भएको पेय छोडेर पानी पिउँदा जोखिम करिब १३ प्रतिशतले र डाइट पेय छोडेर पानी पिउँदा जोखिम १५ प्रतिशतले घटेको अध्ययनमा उल्लेख छ । तर, चिनी भएको पेयलाई डाइट पेयमा वा डाइट पेयलाई चिनी भएको पेयमा बदल्दा कलेजो रोगको जोखिममा कमी हुँदैन ।

डाइट र चिनी भएका पेयले कलेजोमा कसरी असर गर्छ ?

अध्ययनका अनुसार चिनी भएका पेय पदार्थमा बढी चिनी हुँदा रगतमा चाँडै ग्लुकोज र इन्सुलिन बढ्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ । साथै अत्यधिक चिनीले कलेजोमा बोसो जम्मा हुन पनि मद्दत पुर्‍याउँछ ।

डाइट पेयमा क्यालोरी कम भए पनि पनि कलेजोको स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । अध्ययनकर्ता लिउ भन्छिन्, ‘डाइट पेयले आन्द्राको ब्याक्टेरियामा परिवर्तन ल्याउन सक्छ, पेट भरिएको महसुस कम हुन्छ, मिठाइको रुचि बढाउने र इन्सुलिन स्राव बढाउन सक्छ ।’

उनले थपिन्, ‘पानी पिउँदा शरीर हाइड्रेट हुन्छ, पेट भरेको महसुस हुन्छ र कलेजो तथा पाचन प्रणालीलाई कुनै समस्या हुँदैन । अध्ययनले देखाएको छ कि मिठाइयुक्त पेय वा डाइट पेयको सट्टा पानी पिउँदा जोखिम घट्छ । त्यसैले पानी नै सबैभन्दा स्वस्थ पेय हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun