casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

डब्ल्यूएचओ–आईएआरसी अध्ययन : विश्वभर ४० प्रतिशत क्यान्सर रोक्न सकिने

अनलाइनसमय |
२१ माघ २०८२
डब्ल्यूएचओ–आईएआरसी अध्ययन : विश्वभर ४० प्रतिशत क्यान्सर रोक्न सकिने

काठमाडौं, २१ माघ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र यसको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) द्वारा गरिएको नयाँ विश्वव्यापी अध्ययनले विश्वभर देखिने क्यान्सरका करिब १० मध्ये ४ वटा (४० प्रतिशत) क्यान्सरलाई रोकथाम गर्न सकिने देखाएको छ ।

यस अध्ययनले ३० वटा रोकथामयोग्य कारणहरूको विश्लेषण गरेको छ, जसमा धूम्रपान, मदिरा सेवन, अत्यधिक तौल (उच्च बडी मास इन्डेक्स), शारीरिक निष्क्रियता, वायु प्रदूषण, पराबैंगनी (यूभी) किरण तथा पहिलो पटक समेटिएका नौ वटा क्यान्सर गराउने सङ्क्रमणहरू समावेश छन् ।

आज (४ फेब्रुअरी), विश्व क्यान्सर दिवसको अवसरमा सार्वजनिक गरिएको यस अध्ययनले सन् २०२२ मा देखिएका सबै नयाँ क्यान्सरका घटनामध्ये ३७ प्रतिशत (करिब ७.१ मिलियन केस) रोकथाम गर्न सकिने कारणसँग सम्बन्धित रहेको अनुमान गरेको छ । यसले क्यान्सरको विश्वव्यापी बोझ घटाउन रोकथामको ठूलो सम्भावना रहेको डब्ल्यूएचओले जनाएको छ ।

१८५ देश र ३६ प्रकारका क्यान्सर सम्बन्धी तथ्याङ्कका आधारमा गरिएको अध्ययनले धूम्रपानलाई क्यान्सरको सबैभन्दा ठूलो रोकथामयोग्य कारणका रूपमा पहिचान गरेको छ, जसले विश्वभरका नयाँ क्यान्सर केसहरूको १५ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि सङ्क्रमण (१० प्रतिशत) र मदिरा सेवन (३ प्रतिशत) रहेका छन् ।

विश्वव्यापी रूपमा पुरुष र महिलामा देखिने रोकथामयोग्य क्यान्सरमध्ये फोक्सो, पेट र पाठेघरको मुख (सर्भाइकल) क्यान्सर मिलेर करिब आधा हिस्सा ओगटेका छन् ।

फोक्सोको क्यान्सर मुख्यतया धूम्रपान र वायु प्रदूषणसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ । पेटको क्यान्सर प्रायः हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण देखिएको थियो भने पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन पापिलोमा भाइरस रहेको पाइएको डब्ल्यूएचओले जनाएको छ ।

डब्लुएचओका क्यान्सर नियन्त्रण प्रमुख तथा अध्ययनका लेखक डा. आन्द्रे इल्बावीले भने, “क्यान्सरको जोखिम कति हदसम्म रोकथाम गर्न सकिने कारणबाट आउँछ भन्ने कुरा देखाउने यो पहिलो विश्वव्यापी अध्ययन हो । देश र जनसमूहअनुसारको अवस्थालाई हेरेर हामी सरकार र व्यक्तिहरूलाई क्यान्सर सुरु हुनु अघि नै रोक्न सहयोग पुग्ने ठोस जानकारी दिन सक्छौं ।”

पुरुष, महिला र क्षेत्रअनुसार फरक
रोक्न सकिने क्यान्सरको भार महिलाको तुलनामा पुरुषमा उल्लेखनीय रूपमा बढी देखिएको छ । पुरुषमा नयाँ क्यान्सरका ४५ प्रतिशत क्यान्सरका घटना रोक्न सकिने कारणसँग सम्बन्धित छन् भने महिलामा यो अनुपात ३० प्रतिशत रहेको छ । पुरुषमा, धूम्रपानले अनुमानित रूपमा सबै नयाँ क्यान्सरका २३ प्रतिशत घटनाको कारण बनेको छ, त्यसपछि संक्रमण ९ प्रतिशत र मदिरा सेवन ४ प्रतिशत रहेका छन् । विश्वभर महिलामा भने, संक्रमणले सबै नयाँ क्यान्सरका ११ प्रतिशत घटनाको हिस्सा ओगटेको छ, त्यसपछि धूम्रपान ६ प्रतिशत र उच्च तौल सूचकांक ३ प्रतिशत रहेका छन् ।

आईएआरसी क्यान्सर सर्वेलेन्स युनिटकी उपप्रमुख तथा अध्ययनकी वरिष्ठ लेखक डा. इसाबेल सोएरजोमातारामले भनिन्, “यो ऐतिहासिक अध्ययनले पहिलो पटक क्यान्सरका सङ्क्रामक कारणहरूलाई व्यवहारजन्य, वातावरणीय र पेशागत जोखिमसँगै समेटेर विश्वव्यापी मूल्याङ्कन गरेको छ । यी रोकथामयोग्य कारणहरूमा काम गर्नु क्यान्सरको विश्वव्यापी बोझ घटाउने सबैभन्दा शक्तिशाली उपाय हा ।”

डब्ल्यूएचओ अध्ययनका अनुसार रोक्न सकिने क्यान्सर क्षेत्रअनुसार निकै फरक देखिएको छ । महिलामा उत्तर अफ्रिका र पश्चिम एसियामा रोक्न सकिने क्यान्सरको अनुपात २४ प्रतिशत रहेको छ भने उप–सहारा अफ्रिकामा यो ३८ प्रतिशत पुगेको छ । पुरुषमा सबैभन्दा बढी भार पूर्वी एसियामा देखिएको छ, जहाँ ५७ प्रतिशत रहेको छ, जबकि सबैभन्दा कम अनुपात ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा २८ प्रतिशत रहेको छ । यी फरकहरू व्यवहारजन्य, वातावरणीय, पेशागत र संक्रमणजन्य जोखिमकारक कारणहरूप्रति हुने सम्पर्कको भिन्नता, साथै सामाजिक–आर्थिक विकास, राष्ट्रिय रोकथाम नीतिहरू र स्वास्थ्य प्रणालीको क्षमतामा रहेको अन्तरलाई प्रतिबिम्बित गर्छन् ।

सो अध्ययनले न्दर्भअनुसारका रोकथाम रणनीतिहरूको आवश्यकता औँल्याएको छ, जसमा कडा धूम्रपान नियन्त्रण उपाय, मदिरा सेवन नियमन, ह्युमन पापिलोमा भाइरस र हेपाटाइटिस बी जस्ता क्यान्सर गराउने संक्रमणविरुद्ध खोप, वायु गुणस्तर सुधार, सुरक्षित कार्यस्थल, तथा स्वस्थ आहार र शारीरिक गतिविधिका लागि अनुकूल वातावरण समावेश छन् ।

अध्ययनमा भनिएको छ, ‘स्वास्थ्य, शिक्षा, ऊर्जा, यातायात र श्रमजस्ता विभिन्न क्षेत्रबीच समन्वित कार्यले लाखौँ परिवारलाई क्यान्सरको बोझ भोग्नबाट जोगाउन सक्छ । रोक्न सकिने जोखिमकारक कारणहरूलाई सम्बोधन गर्दा क्यान्सरको घटनादर मात्र घट्दैन, दीर्घकालीन स्वास्थ्य सेवा खर्च पनि कम हुन्छ र जनस्वास्थ्य तथा समग्र कल्याणमा सुधार आउँछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun