casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पानी पिउने पाँच उपयुक्त समय कुन हो ?

अनलाइनसमय |
२४ साउन २०८२
पानी पिउने पाँच उपयुक्त समय कुन हो ?

काठमाडौं, २४ साउन । हामीले धेरै पानी पिउनु स्वास्थ्यका लागि राम्रो हो भन्ने सुनेका छौं । प्रायः हरेक घण्टामा पानी पिउन सुझाव पनि दिइन्छ । तर, यदि हामीलाई त्यति धेरै तिर्खा लागेको छैन भने के जबरजस्ती पानी पिउनुपर्छ ? त्यसोभए पानी पिउने तरिका र समयलाई कसरी व्यावहारिक रूपमा मिलाउन सकिन्छ त ? आयुर्वेदका जानकारहरू पानी पिउनु केवल मात्रामा सीमित नभई समय, तरिका र सजगता पनि रहेको बताउँछन् ।

हामी धेरैजसो समय साना–साना बानी बिर्सिन्छौं, जस्तै– पानी कहिले र कसरी पिउने । ‘आयुर्वेदमा पानी केवल तिर्खा मेटाउने कुरा होइन, यो नै औषधि हो, लय हो,’ जीव आयुर्वेदका संस्थापक तथा निर्देशक डा. प्रताप चौहानले दि इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘यदि हामीले पानी पिउँदा ध्यान दिन सक्यौं भने यसले शरीरभित्रको पाचन प्रक्रियालाई सहज बनाउने मात्र होइन, स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्न पनि मद्दत पु¥याउँछ ।

उनका अनुसार दिनको पाँच विशेष समयमा पानी अनिवार्य पिउनैपर्छ, जसले शरीरलाई आवश्यक पानीको मात्रा सन्तुलन कायम राख्नुका साथै पाचन, रक्तसञ्चार र ऊर्जा प्रवाहमा समेत लाभ गर्छ । यी समयमा सचेत रूपमा पानी पिउन सकियो भने यसले सामान्य हाइड्रेशनभन्दा धेरै फाइदा दिन्छ ।

बिहान उठ्नेबित्तिकै अरू कुनै काम गर्नुअघि एक गिलास तातो पानी पिउन डा. चौहान सुझाव दिन्छन् । उनले भने, ‘यसले शरीरलाई बिस्तारै ब्यूँझाउने काम गर्छ, शरीरभित्र जम्मा भएको विषाक्त पदार्थ बाहिर निकाल्छ, पाचनलाई सहयोग पु¥याउँछ र मनलाई एकाग्र बनाउँछ ।’

खाना खानुअघि ३० मिनेटजति अगाडि पनि पानी पिउनु लाभदायक मानिन्छ । खाना खानुभन्दा करिब १०–२० मिनेटअघि तातो पानी पिउन सुझाव दिदै चौहान भन्छन्, ‘यसले पेटको पाचन शक्तिलाई बलियो बनाउँछ र खाना सजिलै पचाउन मद्दत गर्छ ।’ खाना खाइरहेको बेला वा खाएपछि तुरुन्तै धेरै पानी पिउन हुँदैन, यसले पाचनलाई झन् कमजोर बनाउन सक्छ ।

चौहानका अनुसार खाना खाएपछि करिब एक घण्टासम्म पानी पिउनु हुँदैन । त्यसपछि मनतातो पानी पिउन सकिन्छ, यसले खाना पचाउन र शरिर सफा गर्न मद्दत गर्छ ।

यसबाहेक साँच्चिकै तिर्खा लागेको बेला मात्र पानी पिउनुपर्छ । डा. चौहान भन्छन्, ‘तपाईं आफ्नो दैनिक पानी पिउने तालिका बनाए पनि आफ्नो शरीरको संकेत बुझ्नुहोस् । बारम्बार थोरै थोरै पानी पिउँदा कफ बढेर शरीर भारी र सुस्त लाग्न सक्छ ।’

त्यस्तै स्नान गर्नु कम्तीमा एक घण्टा अगाडि एउटा एक गिलास पानी पिउँदा रगतको प्रवाह राम्रो हुन्छ । ‘सुत्नुअघि एक गिलास पानी पिउनाले स्नायु प्रणाली शान्त पार्न मद्दत गर्छ र निद्रा राम्रोसँग पर्छ,’ उनी भन्छन् ।

यसैगरी डा. चौहान पानी पिउँदा सधैं बसेर पिउन सुझाव दिन्छन् । ‘छिटो–छिटो नपिउनुस्, थोरै थोरैै पिउनुहोस् । चिसो पानी होइन, कोठाको तापक्रमको वा मनतातो पानी पिउनुहोस् । यो सानो परिवर्तन हो । तर, पानी पिउने तरिका सचेत भएर अपनाए स्वास्थ्यमा धेरै फाइदा गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun