सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१३ चैत २०८१
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ चैत । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँ घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भने बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस