काठमाडौं, १ चैत । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार काठमाडौंमा आज बाँडफाँट भएको हो ।
एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका थिए, जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ ।
कम्पनीको एफपीओ १९ हजार ५७४ जनाले १० कित्ता र भाग्यमानी ३ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । कुल आवेदनमध्ये २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको थियो ।
कम्पनीले फागुन १८ देखि २१ सम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरिएको थियो ।
उक्त एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, स्वरोजगार लघुवित्तको वेबसाइट र मेरो शेयर एकाउन्टबाट हेर्न सकिनेछ ।