काठमाडौं, २२ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमध्ये १३ दशमलव ८९३८२ प्रतिशत बोनस शेयर र ० दशमलव ७३१२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्र्थ) रहेको छ ।
कम्पनीले हालै सर्वसाधारणका लागि एफपीओ समेत जारी गरेको छ । बुक क्लोजभन्दा अघि नै सो शेयर सूचीकृत भएमा लाभांश समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।