काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ४ अर्ब ७९ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीमा सो रकम मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो ।
वाणिज्य बैंकमा ३ अर्ब २० करोड ६५, विकास बैंकमा ६० करोड ११ लाख र वित्त कम्पनीमा २० करोड ३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
मुद्दती निक्षेपका लागि मार्च १२, २०२५ देखि मार्च १२, २०२६ सम्म ३६६ दिनको समय रहेको छ ।