काठमाडौं, १६ फागुन । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । आज बिहान महाराजगञ्चस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा अउनको निधन भएको हो ।
उनी केही दिनदेखि बिरामी भई अस्पतालमा उपचाररत रहेको सवर्नेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश र सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । सर्वाेच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत थिइन् । ८४ वर्षको उमेरमा उनको आज निधन भएको हो ।