काठमाडौं, १५ फागुन । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।