काठमाडौं, ९ फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत चार दिनदेखि लगातार बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिनसुन एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेकोे छ । यस दिन चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।