काठमाडौं, ३० माघ । नेपाली बजारमा केही दिन लगातार बढेको सुनको मूल्य बुधबार घटेको छ । आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन सोमबार सुन तोलामा १४ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यस सदन चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला
१ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।