काठमाडौं, ११ माघ । संघीय राजधानी काठमाडौंमा नयाँ चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा आएको छ । केएमसी ग्रुपका संस्थापकहरूको प्रारम्भिक लगानीमा विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी ’बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा ल्याएका हुन् । गौशाला पिंगलास्थानमा यो होटल सञ्चालनमा आएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले होटल उद्घाटन गरे ।
यससंगै नेपालको शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहेको केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ । चारतारे स्तरको चेन होटलले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलो पटक नेपालमा प्रस्तुत गरेको छ ।
पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा डेढ अर्ब रूपैयाँ लगानी भएको छ । यो ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो । होटलले चाँडै आईपीओमा जाने योजनासहित नेपालको पर्यटकीय सेवाको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास राखेको छ ।
होलटल सञ्चालनको मूख्य उदेश्य उत्कृष्ट सेवासीप विकास र तलिमद्वारा उत्साही व्यावसायिक मानव संसाधन निर्माण,नेपाल भरका प्रमुख पर्यटकीय र व्यापारिक गन्तव्यहरूमा सेवा विस्तार गर्ने, उल्लेख्य नाफाका लागि अत्याधुनिक अपरेटिङ प्रणाली र प्रविधिको प्रयोग गर्ने लगायत छन् ।
बेस्ट वेस्टर्न प्लस काठमाडौंले नेपाली सांस्कृतिक समृद्धिलाई विश्वस्तरीय विलासितासँग संयोजन गर्दै नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । पाहुनाहरुलाई मौलिक तथा न्यानो आतिथ्य मार्फत प्रत्येक अनुभवहरु प्रदान गर्ने लक्ष्य लिइएको छ । यो प्राइम लोकेशनमा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै अवस्थित यस होटलबाट काठमाडौंका प्रमुख पर्यटकीय स्थानहरु, सांस्कृतिक धरोहरहरू र व्यावसायिक केन्द्रहरू सम्म सजिलै पुग्न सकिनेछ । डाइनिङ्ग एक्सलेन्स पाहुनाहरूले दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौं शहरको मनोरम दृश्यसहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन ्।
७ रोपनी क्षेत्रफलमा अवस्थित यस होटलमा ८४ रुमहरु रहेका छन्, जसमा ४ सुइट रुम, ७ प्रिमियम रुम, १२ सुपर डिलक्स रुम, ६१ डिलक्स रुम रहेका छन् । यसका साथै होटेलमा १ सय ४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र १ सय ४० क्षमताको ला–भिस्टा रुफटप रेष्टुरेन्ट छन् ।
नेपालको मौलिक परम्परा, मूल्यहरू र न्यानो आतिथ्यतालाई पर्वर्धन र प्रदर्शन गर्दै नेपालको अन्तरास्ट्रिय स्तरमा प्रतिष्ठा बढाउने, अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्दै र विदेशी मुद्रा संचिति वृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने, स्थानीय धरोहर, कला, भोजन र संस्कृतिलाई प्रवर्धन गर्दै नेपाली सम्पदा, धरोहर र परम्पराको प्रचार प्रसार गर्ने, वातावरणमैत्री अभ्यासहरु अपनाउँदै दीगो पर्यटन प्रवर्दधन गर्ने, नवीन र उच्चतम सेवाको मापदण्ड कायम राख्दै आतिथ्य सेवामा उत्कृष्टता प्रदान गर्ने होटलका अध्यक्ष रामेश्व अर्यालले बताए ।