casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एएफआइआरको वार्षिक बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

अनलाइनसमय |
१० माघ २०८१
एएफआइआरको वार्षिक बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, १० माघ । एसियाली देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको संस्था Asian Forum of Insurance Regulators (एएफआइआर) को १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ (7th Asia-Pacific High Level Meeting on Insurance Supervision, 2024) काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरण, International Association of Insurance Supervisors (IAIS), AFIR / Finalcial Stability Institute (FIS) of the Bank for International Settlements (BIS) को संयुक्त आयोजनामा बैठक तथा सम्मेलन आयोजना गरिएको हो ।

बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक माघ ७ र ८ गते तथा एएफआइआरको वार्षिक बैठक तथा सम्मेलन माघ ८ र ९ गते भएको थियो ।

बैठक तथा सम्मेलनलाई स्वागत गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले एसिया–प्रशान्त क्षेत्रका देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको बैठक तथा सम्मेलन नेपालमा आयोजना भएकोमाखुशी व्यक्त गरे ।

अध्यक्ष दहालले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आइपर्ने जोखिमबाट पर्ने वित्तीय नोक्सानीलाई सम्बोधन गर्नका लागि एसिया–प्रशान्त क्षेत्रमा साझा बीमा पद्धति विकासको आवश्यकता औंल्याए ।

कार्यक्रमको सभापतित्व एएफआइआरका अध्यक्ष तथा Australian Prudential Regulation Authority का महाप्रवन्धक पिटर कोहिहागेन तथा Finalcial Stability Institute, Bank for International Settlements का अध्यक्ष फर्नाण्डो रेस्टोईले गरेका थिए।

दोस्रो दिनको कार्यक्रममा जापानको Financial Service Agency का अन्तर्राष्ट्रिय मामिला उपमन्त्री शिगेरू अरिजुमीले विश्व बीमा बजारको विकास सम्बन्धी विशेष सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, वित्तीय साक्षरता, वित्तीय पहुँच, विकासको श्रृङ्खला, वित्तीय क्षेत्रमा अवलम्बन गरिएका नीतिगत सिद्धान्त, चुनौती र अवसर लगायतका विषयमा जानकारी दिए ।

बैठक तथा सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक विपद् र प्रविधिमा भएको विकासका कारण उत्पन्न हुने जोखिमहरूलाई सम्बोधन गर्नजोखिममा आधारित पूँजी, मूल्य तथा नियमन पद्धतीको विकास र नियामक निकायहरूको भूमिकाका सम्बन्धमा छलफल भएको थियो ।

एसिया–प्रशान्त क्षेत्रका नेपाल, युनाइटेड अरब इमिरेट्स, भारत, चीन लगायतका देशहरुमा केही समय अघि प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भएका क्षतिलाई सम्बोधन गर्न बीमाको भूमिका तथा बीमा मार्फत भौगोलिक विकटता तथा आर्थिकरूपले पछि परेका बर्गहरूमा बीमाको पहुँच विस्तारका साथै Parametic Insurance र अन्य जोखिम व्यवस्थापनका लागि विभिन्न मुलुकहरूले अवलम्न गरेका विधिहरूका बारेमा छलफल भएको थियो ।

यसैगरी, विश्वभर तीब्र गतिमा हुँदै आएको आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग र अन्य प्राविधिक विकासका कारण सिर्जित जोखिमहरूलाई सचेतापूर्वक सन्तुलितरूपमा सम्बोधन गर्न नियामकीय निकायहरूको भूमिका, प्राकृतिक विपद्को जोखिमको वित्तीय रक्षावरणमा एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पद्धतिको विकास, समावेशी बीमा मार्फत जलवायु परिवर्तनका जोखिमलाई अवसरमा बदल्ने सम्भावना लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण सिर्जना हुने जोखिमहरूलाई आगामी दिनमा कसरी सम्बोधन गर्दै अघि बढ्ने भन्ने सम्बन्धमा एसिया–प्रशासन्त क्षेत्रका देशहरू लगायत एसियाली विकास बैंकले कार्यान्वयन गर्दै आएका नविनत् विधि तथा कार्यक्रमहरूका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल लगायत सहभागी देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, नियामक निकायहरूको भूमिका, एचयतभअतष्यल न्बउ घटाउने विधि, महाविपत्तिको समयमा सिर्जना हुने जोखिमरक्षावरण लगायतका विषयमा प्रस्तुती गरेका थिए ।

बैठक तथा सम्मेलन समापन गर्दै एएफआइआर का अध्यक्ष तथा  Australian Prudential Regulation Authority का महाप्रवन्धक पिटर कोहिहागेनले नेपालमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल बीमा प्राधिकरणले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिए ।

उनले आगामी दिनमा एसिया–प्रशान्त क्षेत्रका सबै बीमा नियामक निकायहरूक्ष्ब्क्ष्क् ले सन् २०२५ देखि २०२९ सम्मका लागि ल्याएको मार्गचित्र अनुसार अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

बैठक तथा सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun