६ महिनामै थपियो १ खर्बभन्दा बढी सार्वजनिक ऋण

अनलाइनसमय |
६ माघ २०८१
६ महिनामै थपियो १ खर्बभन्दा बढी सार्वजनिक ऋण

काठमाडौं, ६ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा १ खर्ब सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आवको साउन महिनादेखि पुस मसान्तसम्ममा १ खर्ब २ अर्ब ३ करोड ऋण थपिएको हो । योसँगै कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी)को ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ । चालू आवको असार मसान्तसम्ममा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

चालू आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा पुस मसान्तसम्ममा २ खर्ब ४० अर्ब ८ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक ५४ दशमलव ८६ र २७ दशमलव २० प्रतिशत बाह्य ऋण प्राप्तिको हिस्सा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस