काठमाडौं, २८ पुस । आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्या घटेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसानसम्मको तुलनामा यो आर्थिक वर्षमा यस्तो रजिष्ट्रेशन संख्या ३ दशमलव ३१ प्रतिशतले कमी घटेको हो । २०८१ को असारसम्ममा १ लाख ६ हजार ९४६ रजिष्ट्रेशन भएको छ । गत वर्षको सो अवधिमा यस्तो संख्या १ लाख १० हजार ६०२ रहेको थियो ।
समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन राजस्वमा रू. ३ अर्ब ५१ करोड राजस्व संकलन भएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १४ दशमलव ६२ प्रतिशत बढी हो । गत वर्ष यस्तो रकम रू. २ अर्ब ९९ करोड ५७ लाख रहेको थियो ।
सो अवधिमा नक्सा पास स्वीकृत संख्या ३ हजार २१८ रहेको छ ।