तोलामा ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१ पुष २०८१
तोलामा ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं, १ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा एक हजार ८६० बाट २० रुपैयाँ घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस