• अर्थ, ताजा समाचार

    १०.३६ प्रतिशतले घट्यो प्यान लिने करदाता

     57 Views
    १०.३६ प्रतिशतले घट्यो प्यान लिने करदाता

    काठमाडौं, ३० मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या गत आवको सोही अवधिको तुलनामा १० दशमलव ३६ प्रतिशत घटेको छ ।

    अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालू आवको असोजसम्म प्यान लिनेको संख्या १ लाख ९१ हजार ८२३ छ । गत आवको यसै अवधिमा २ लाख १४ हजार ८ ले प्यान लिएका थिए । यद्यपि सुरुदेखि चालू आवको असोजसम्ममा ६४ लाख १७ हजार ९५६ प्यान जारी भएको छ ।

    सोही अवधिमा व्यक्तिगत प्यान लिनेको संख्या १ लाख ६१ हजार ७४२ रहेको छ, जुन कुल प्यान लिने करदाताको २.५३ प्रतिशत हो । गत आवमा व्यक्तिगत प्यान लिनेको संख्या १ लाख ७५ हजार १७६ थियो ।

    त्यस्तै पछिल्लो एक वर्षको अवधिमा व्यावसायिक प्यान लिनेको संख्या पनि घटेको छ । गत आव असोजसम्म ३६ हजार ८९४ ले व्यावसायिक प्यान लिएका थिए भने चालू आवको सोही अवधिमा २९ हजार ९३४४ ले लिएका छन् । यसैगरी चालू आवको असोजसम्म करकट्टी गर्ने निकायले लिएको प्यान ७३७ रहेको छ । गत आवमा यस्तो प्यान १ हजार ९३८ ले लिएका थिए ।

    पछिल्लो एक वर्ष अवधिमा मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमार्फत प्यान लिनेको संख्या घटेको छ । गत आवको असोजसम्म मूल्य अभिवृद्धि करतर्फ ८ हजार ७४१ र अन्तःशुल्कतर्फ ४ हजार ११२ प्यान जारी भएको थियो भने चालू आवको यसै अवधिमा यस्तो करदाताको संख्या क्रमशः ६ हजार ४६३ र ३ हजार २८७ रहेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment