दुई महिनामा साढे २९ करोडको क्रस–बोर्डर क्युआर भुक्तानी

अनलाइनसमय |
२८ मंसिर २०८१
दुई महिनामा साढे २९ करोडको क्रस–बोर्डर क्युआर भुक्तानी

काठमाडौं, २८ मंसिर । नेपालमा क्रस–बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानीको सुरुवात भएसँगै छिमेकी मुलुक भारतबाट यहाँ आउने नागरिकले क्यूआर कोडमार्फत कारोबार गर्न थालेका छन् । दुई महिनामा क्रस–बोर्डर क्युआर भुक्तानीको प्रयोग समेत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज र कार्तिकमा साढे २९ करोड रुपैयाँबराबरको क्रस–बोर्डर भुक्तानी भएको छ ।

राष्ट्र बैंकले असोजदेखि क्रस बोर्डर क्यूआर कारोबारको तथ्यांक राख्न थालेको हो । असोजमा यस्तो भुक्तानी १३ करोड ९० लाख रुपैयाँबराबरको भएको छ भने कात्तिकमा १५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एक महिनामा क्रस–बोर्डर क्युआर भुक्तानी १२ दशमलव २३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार दुई महिनामा क्रस–बोर्डर क्युआर भुक्तानी कारोबार ९४ हजार ३६१ पटक भएको छ, जसमध्ये असोजमा ४३ हजार ९०६ पटक र कार्तिकमा ५० हजार ४५५ पटक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस