काठमाडौं, २८ मंसिर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।