घट्यो थोक प्रदायक लघुवित्तको मुनाफा

अनलाइनसमय |
२४ मंसिर २०८१
घट्यो थोक प्रदायक लघुवित्तको मुनाफा

काठमाडौं, २४ मंसिर । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन २०८१/८२’ अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमास (असोज मसान्त)मा खुद मुनाफा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाले चालू आवको असोज मसान्तसम्म ३७ करोड रुपैयाँ खुद मुनाफा गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ८५ प्रतिशत कम हो । गत आवको पहिलो तीन महिनामा यस्ता संस्थाको खुद मुनाफा १ अर्ब २५ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार लघुवित्त वित्तीय संस्थाको ब्याज आम्दानी रू. १ अर्ब १७ करोड र ब्याज खर्च रू. ५६ करोड रहेको छ । समीक्षा अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा गएको देखिन्छ । ती लघुवित्त वित्तीय संस्थाको २०८१ असार मसान्तमा खुद नोक्सानी रू. ५ अर्ब १४ करोड रहेकोमा असोज मसान्तमा रू. ४५ करोड रहेको छ ।

यस अवधिमा सञ्चालित ४९ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थामध्ये २७ वटा लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस