• अर्थ, ताजा समाचार

    विभागले सिमेन्ट उत्पादकसँग माग्यो मूल्यसूची

     72 Views
    विभागले सिमेन्ट उत्पादकसँग माग्यो मूल्यसूची

    काठमाडौं, २४ मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट उत्पादकसँग मूल्यसूची माग गरेको छ ।

    आइतबार विभागले निर्माण व्यवसायी तथा सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागले जनाएको छ ।

    सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए । सोहीकारण विभागले मूल्य तुलना गर्न चाहेको विभागका महानिर्देशक राजन पौडेलको भनाइ छ ।

    निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई छलफलमा बोलाएको हो ।

    यसमा तपाइको मत

    Facebook Comment