• अर्थ, ताजा समाचार

    थोक कर्जा प्रदायक लघुवित्तको कर्जा तथा सापट १०.४५ प्रतिशतले घट्यो

     81 Views
    थोक कर्जा प्रदायक लघुवित्तको कर्जा तथा सापट १०.४५ प्रतिशतले घट्यो

    काठमाडौं, २३ मंसिर । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कुल कर्जा तथा सापट १० दशमलव ४५ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको समष्टिगत गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन २०८१/८२’ अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमास (असोज मसान्त)मा यस्तो कर्जा तथा सापट रकम घटेको हो ।

    गत आवको असार मसान्तमा रू. ५३ अर्ब ८५ करोड रहेको कुल कर्जा तथा सापट रकम घटेर चालू आवको असोज मसान्तसम्ममा रू. ४८ अर्ब २३ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा उक्त लघुवित्त, वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटमध्ये निष्क्रिय कर्जा रू. १ अर्ब १२ करोड अर्थात् २ दशमलव ३२ प्रतिशत रहेको छ ।

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ० दशमलव ७१ प्रतिशत रहेको थियो भने २०८० असोज मसान्तमा यस्तो अनुपात १ दशमलव २१ प्रतिशत मात्र रहेको थियो । २०८१ असोजमा निष्क्रिय कर्जा ९ दशमलव ५४ प्रतिशत घटेको छ भने सक्रिय कर्जा १० दशमलव ४७ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा निष्क्रिय कर्जा ५८ दशमलव ७० प्रतिशत बढेको थियो भने सक्रिय कर्जा ७ दशमलव ७७ प्रतिशत घटेको थियो ।

    २०८१ असोज मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाले पुनर्तालिकीकरण गरेको कर्जा रकम रू. ७१ लाख रहेको छ ।

    स्रोत : राष्ट्र बैंक

    यसमा तपाइको मत

    Facebook Comment