काठमाडौं, २१ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । यो ह्राससँगै आज सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।