काठमाडौं, १८ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै १ लाख ४० हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको महाुंघले जनाएको छ । सोमबार चँदी २५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।