सुन वितरणमा हुने सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

अनलाइनसमय |
१२ मंसिर २०८१
सुन वितरणमा हुने सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतले सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ/महासंघले सुन वितरणमा गर्ने सिन्डिकेट हटाउन अन्तरिम आदेश दिएको छ ।

वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

अब सुनचाँदी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरुलाई संघ/महासंघमा आबद्ध नभएपनि सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश दिएको हो ।

वाणिज्य बैंकमार्फत सुन आयात गरेर बिक्री गर्ने नाममा संबन्धित संघहरुले सिन्डिकेट गरेको भन्दै रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस