काठमाडौं, ११ मंसिर । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।