काठमाडौं–१६ को वडाध्यक्षमा कांग्रेसका देवेन्द्र पाठक उम्मेदवार

अनलाइनसमय |
२ मंसिर २०८१
काठमाडौं–१६ को वडाध्यक्षमा कांग्रेसका देवेन्द्र पाठक उम्मेदवार

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसले काठमाडौं–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ ।

यही मंसिर १६ गते हुने स्थानीय उपनिर्वाचनका लागि वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँले आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिको बैठकले अन्य आकांक्षीको नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत चयन गरिएको जानकारी दिए । वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो ।

गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको २०८० भदौमा निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।

१६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवार छन् । एकीकृत समाजवादीका मानन्धरलाई नेकपा (माओवादी केन्द्र) को समर्थन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस