काठमाडौं, २ मंसिर । यस साताको कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन (शुक्रबार) सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।