दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो, कारागार चलान गर्ने तयारी

अनलाइनसमय |
२७ कार्तिक २०८१
दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो, कारागार चलान गर्ने तयारी

काठमाडौं, २७ कार्तिक । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालतत लगिएको छ ।

अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभ¥याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस