काठमाडौं, २६ कार्तिक । मन्त्रिपरिषद् बैठकले गरेका आठ वटा निर्णय सार्वजनिक गरिएको छ ।
सोमबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिए ।
कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको IFAD-13 Replenishment का लागि नेपाल सरकारको तर्फबाट अमेरिकी डलर ७५ हजार योगदान भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने तथा नेपाल सरकार र स्वीडेन सरकारबिच हस्ताक्षर हुने Bilateral Agreement for Engagement in Cooperative Approaches Involving Internationally Transferred Mitigation Outcomes विषयक द्विपक्षीय सम्झौता स्वीकृत गर्ने लगायतका ८ निर्णय गरेको छ ।