उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एकीकृत समाजवादीको निर्देशन

अनलाइनसमय |
२३ कार्तिक २०८१
उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एकीकृत समाजवादीको निर्देशन

काठमाडौं, २३ कार्तिक । नेकपा एकीकृत समाजवादीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि आगामी मंसिर १६ गते निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस