काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने भएको छ । हाल उपलब्ध पाठ्य सामग्री परिमार्जन गर्न आवश्यक रहेकाले परिमार्जन उपसमिति गठन गरिएको मुख्य सचिवकृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार प्रशिक्षण पाठ्य सामग्री परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । पार्टीले प्रशिक्षण सामग्री नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार गर्दै आएको छ ।
प्रशिक्षण सामग्री परिमार्जनका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यको संयोजकत्वमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको छ ।
उपसमितिलाई २६ कात्तिकभित्र प्रतिवेदन प्रतिष्ठानका प्रमुखलाई पेश गर्न समयावधि दिइएको छ ।