काठमाडौं, १४ कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर छ । यस साताको चौथो कारोबार दिन बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको मूल्य प्रति तोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि मंगलबार १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो, जुन बुधबार नै तोडिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।