काठमाडौं, ४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन आइतबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।
अदालत नजिकै देशका विभिन्न ठाउँबाट आएका रास्वपाका नेता, कार्यकर्ताले विरोध प्रदर्शन र ¥याली निकाल्ने र सरकारीपीडित समेत भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा आजै दिउँसो १२ः३० बजे रास्वपाले प्रदर्शन गरिरहेको छ ।
मुस्ताङ चोकमा सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले आइतबार ११ बजेदेखि प्रदर्शन गरिरहका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा कडाइ गरेको छ । प्रशासन, अदालत आसपास, प्रदर्शन हुने तय भएका स्थानहरु र सहरका मुख्य चोकहरुका ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो ।
यस्तै लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । उनले अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँग भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’
उनले न्यायको पक्षमा सारा जनता सडकमा ओर्लिन पनि आह्वान गरेका छन् ।