काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्दै छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका छन् ।
कतारबाट उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । उनी अमेरिकाी राष्ट्रपति जो बाइडेनले आयोजना गरेका स्वागत समारोहमा सहभागी भए भएका थिए ।
उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भएका थिए भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क गएका थिए ।