काठमाडौं, २८ भदौ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । शुक्रवार भारतको सर्वोच्च अदालतका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलाशले केजरीवाललाई १० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएसँगै उनी रिहा भएका हुन् ।
केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए ।
यसअघि केजरीवालले सीबीआईमा दुईवटा निवेदन दिएका थिए । एउटा निवेदन धरौटीमा रिहा गर्न नमानेको विरोधमा र अर्को निवेदन सीबीआईले आफूलाई पक्राउ गरेको विरोधमा थियो । तर, सर्वोच्चले सीबीआईले गरेको केजरीवालको गिरफ्तारी कानुनसम्मत भएको ठहर गरेको थियो ।
भारतको आम निर्वाचनको बेलामा भने चुनाव सकिएलगत्तै हिरासतमै बस्नुपर्ने सर्तमा केजरीवाल केही दिन रिहा भएका थिए ।