• विश्व

    पेरुका पूर्वराष्ट्रपति फुजिमोरीको निधन

     164 Views
    पेरुका पूर्वराष्ट्रपति फुजिमोरीको निधन

    काठमाडौं, २७ भदौ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको हो । निधनका बारेमा उनकी छोरीले जानकारी दिएको बिबिसीमा उल्लेख छ ।

    फुजिमोरीले सन् १९९० देखि २०००सम्म शासन सत्ता लगाउँदा चरम भ्रष्टाचार र कम्यूनिष्ट अभियानविरुद्ध चर्को दमनचक्र चलाएकी थिइन् । त्यसक्रममा उनलाई मानवअधिकारको उल्लङघन गरेको, दुई वटा डेथ स्क्वाड नरसंहारमा संलग्न रहेको अभियोग समेत लागेको थियो ।

    १५ वर्षभन्दा बढी कैद सजायपछि फुजिमोरीलाई गत डिसेम्बरमा लिमाको बारबाडिलो जेलबाट रिहा गरिएको थियो ।

    उनकी छोरी केइका अनुसार फुजिमोरी सन् २०२६ मा चौंथो पटक पेरुको राष्ट्रपतिमा उम्मेदवारी दिने योजनामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    उहाँले पेरुको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उहाँलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उहाँलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment