मर्मत पछि फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी जहाज, लामो दूरीका उडानलाई निरन्तरता दिने

अनलाइनसमय |
२७ भदौ २०८१
मर्मत पछि फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी जहाज, लामो दूरीका उडानलाई निरन्तरता दिने

काठमाडौं, २७ भदौ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज मर्मत पछि आज काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।

गत असार ८ मा विमानको विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ ल्याइएको हो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यसअघि निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए ।

यो जहाज उडानमा आएसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास निगमको छ । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ ।सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस