काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्।
प्रतिनिधि सभामा भएकाे विश्वासको मतको प्रस्तावको पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन्।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए ।आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएकामा प्रधानमन्त्री प्रचण्डको पक्षमा मात्र ६३ मत पर्यो। उनको विपक्षमा १९४ मत परेको छ । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै उनी पदमुक्त भएका हुन्।