अर्थ मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी सापकोटालाई

अनलाइनसमय |
३० जेठ २०८१
अर्थ मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी सापकोटालाई

काठमाडौं, ३० जेठ । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटाले पाएका छन् ।यसअघि महाशाखा प्रमुख रहेको डा. टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो ।

गत चैत १२ मा अर्थ मन्त्रालयमा आएका सापकोटालाई प्रधानमन्त्री कार्यालयबाट कुनै जिम्मेवारी दिइएको थिएन । अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

प्रशासन प्रमुखबाट हटाइएका डा. पाण्डे अर्थ मन्त्रालयमै छन् तर उनलाई जिम्मेवारी नतोकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सापकोटा यसअघि भन्सार विभागको महानिर्देशक तथा राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । उनले भरतपुर महानगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा पनि काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस